१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बूढानीलकण्ठमा तामाङ सङ्ग्रहालय बन्ने


९ पुस २०७६, बुधबार  

0
Shares


९ पुस ०७६, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । “उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ ”, प्रमुख खरेलले भन्नुभयो ।
रु बीस करोड लगानी रहने सङ्ग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन् । सङ्ग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ । प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ ।
प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा सङ्ग्रहालय निर्माण हुने बताउनुभयो । “तामाङ सभ्यतासँग जोडिएको सङ्ग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : ३६ बजे