८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने


१३ पुस २०७६, आइतबार  

0
Shares

१३ मंसिर ०७६ काठमाडौं । सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।
बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोहस्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ३ : ५० बजे