८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजको राशिफल(२२ पुस ०७६,मंगलबार)


२२ पुस २०७६, मंगलबार  

0
Shares

द्वादशी मुस्याडुली

पञ्चाङ्ग
वि.सं. २०७६ पुस २२ । मंगलबार । इ.स. २०२० जनवरी ७ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋत ु। ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । द्वादशी, २६ ः २९ उप्रान्त त्रयोदशी । नक्षत्र– कृत्तिका, १४ ः ०५ बजे उप्रान्त रोहिणी । योग– शुभ, २२ ः ०४ बज ेउप्रान्त शुक्ल । करण– वव, १४ः १५ बजेदेखि वालव, २६ ः २९ बजे उप्रान्त कौलव । आनन्दादिमा गद योग । चन्द्रराशि– वृष । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः २२ बजे र दिनमान २६ घडी २ पला। मुस्याडुली । त्रिपुष्कर योग १४ ः ०५ बजेसम्म । सर्वार्थ्सिद्धि योग १४ ः ०५ बजेसम्म ।
राशीफल
मेष– काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
वृष– साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।
मिथुन– शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
कर्कट– विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ ।
सिंह– कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।
कन्या– सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
तुला– मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।
वृश्चिक– तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
धनु– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन्।
मकर– परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
कुम्भ– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
मीन– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ८ : १७ बजे