८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अष्ट्रेलियाबाट भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ


२२ पुस २०७६, मंगलबार  

0
Shares

अष्ट्रेलियाको न्यु साउथ वेल्सको संसदबाट भ्रमण वर्षको श’भारम्भ गर्दै मन्त्री भट्टराई ।

२२ पुस ०७६, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको थियो ।
सोही कार्यक्रममा नेपाली समुदायले डढेलो पीडितका लागि सहयोग सङ्कलनका साथै केहीबेर मौन ¥यालीसमेत निकालेको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको ¥यालीमा नेपाली आआफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।
¥यालीमा पर्यटनमन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो । सोही क्रममा ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीले सहभागीलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए । सहभागी ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।
यसैबीच अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भका बिषयमा आएका समाचार तथ्यहीन रहेको भन्दै पर्यटनमन्त्रीको निजी सचिवालयले खण्डन गरेको छ । कार्यक्रममै अवरोध जस्ता काल्पनिक समाचारमा आएका विषय तथ्यभन्दा धेरै टाढा रहेका र यसको भ्रममा नपर्न पनि सचिवालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : ३६ बजे