१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२५ पुस ०७६,शुक्रबार)


२५ पुस २०७६, शुक्रबार  

0
Shares

राशिफल पौष 25, २०७६ – 10 Jan, 2020, शुक्रवार
पूर्णिमा – श्रीस्वस्थानी व्रत प्रारम्भ/ माघस्नान आरम्भ/ चाँगुनारायण हैगु

पञ्चाङ्ग
वि.सं. २०७६ पुस २५। शुक्रबार। इ.स. २०२० जनवरी १०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। पूर्णिमा, २५:१५ उप्रान्त प्रतिपदा। नक्षत्र– आर्द्रा, १५:१८ बजेउप्रान्त पुनर्वशु। योग– ऐन्द्र, १७:४३ बजेउप्रान्त वैधृति। करण– भद्रा, १३:४६ बजेदेखि वव, २५:१५ बजेउप्रान्त वालव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २६ घडी ७ पला। पूर्णिमा व्रत। माघस्नान सुरु। श्रीस्वस्थानी व्रत प्रारम्भ। भक्तपुरस्थित हनुमत्तीर्थमा त्रिवेणीमेला। चाँगुनारायण हैगु मिला पुन्ही।

मेष – मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

वृष – नयां काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

मिथुन – आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट – पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्

सिंह – प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कन्या – नया काममाा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

तुला – कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ ।

धनु – रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।

मकर – आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।
कुम्भ – ्रप्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ ।
मीन – विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन ।

 

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ६ : २४ बजे