ललितपुर खबर फोटोग्राफी
२७ पुस ०७६, सिंहदरवार । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राजधानीको सिंहदरवार अगाडि श्रद्धाञ्जली दिन जनस्तरबाट भीड लागेको छ । सिंहदरवार अगाडि चोकमा पृथ्वी नारायण शाहको शालिक भएकाले श्रद्धाञ्जली दिन आउने भीडका कारण ट्राफिक जाम भएको थियो ।
शालिकमा नेपाली सेना र गुरुजुको पल्टनले पुष्प गुच्छा सहित श्रद्धाञ्जली दिएको थियो ।
श्रद्धाञ्जली दिनुअघि विभिन्न संघसंस्थाले झाँकीसहितको ¥याली निकालेका थिए । झाँकीमा सहभागीहरु पञ्चैबाजा,ढ्याङरग्रो,खैजडी भजनसहित सहभागी थिए । सहभागीले एक सय आठ हात लामो फूलको माला पनि लगाइदिएका थिए । कार्यक्रममा पञ्चायतकालमा सत्तामा रहेका राजाबादीहरुको बाहुल्य थियो । हेरौं केही दृश्यहरु ः
प्रतिक्रिया