१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१ माघ २०७६ बुधवार)


१ माघ २०७६, बुधबार  

0
Shares

पञ्चमी
माघे संक्रान्ति (घ्यःचाकु सल्हु)र उत्तरायण सुरुर माघी पर्वर देवघाटमा मकरस्नान
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १ । बुधबार । इ.स. २०२० जनवरी १५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । पञ्चमी, १५ः५१ उप्रान्त षष्ठी । नक्षत्र– पूर्वफाल्गुनी, ९ ः ४२ बजे उप्रान्त उत्तरफाल्गुनी । योग– शोभन, २५ ः १३ बजे उप्रान्त अतिगण्ड । करण– तैतिल, १५ ः ५१ बजेदेखि गर, २६ ः ४० बजे उप्रान्त वणिज । आनन्दादिमा स्थिर योग । चन्द्रराशि– सिंह, १५ ः १७ बजे उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २९ बजे र दिनमान २६ घडी ७ पला । माघ (मकर) संक्रान्ति । माघी पर्व । उत्तरायण आरम्भ । देवघाट, वराहक्षेत्र, शंखमूल आदि तीर्थस्थलहरूमा मकरस्नान । मकरस्नान सुरु । घ्योचाकुसल्हुँ । रिडी रूरूक्षेत्रमा तीनदिने धार्मिक मेला सुरु । लैचस्ह्रे पूजा । छन्त्याल जातिको पर्व । तेह्रथुम गौखुरी मेला ।
राशीफल
मेष– पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
वृष– विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत पाइएला।
मिथुन– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कर्कट– उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।
सिंह– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
कन्या– समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला ।
तुला– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।
वृश्चिक– आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
धनु– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।
मकर– व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।
कुम्भ– श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ।
मीन– अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला,यात्राको पनि समय छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ४१ बजे