१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (८ माघ ०७६, बिहिवार)


९ माघ २०७६, बिहिबार  

0
Shares


चतुर्दशी लैचह्रे पूजा
पञ्चाङ्ग
वि.सं. २०७६ माघ ९ । बिहीबार । इ.स. २०२० जनवरी २३ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । चतुर्दशी, २६ ः ०१ उप्रान्त औंसी । नक्षत्र– पूर्वाषाढा, २५ ः ३० बजे उप्रान्त उत्तराषाढा । योग– हर्षण, २७ ः २१ बजे उप्रान्त वज्र । करण– भद्रा, १४ ः ०० बजेदेखि शकुनि, २६ ः ०१ बजे उप्रान्त चतुष्पद । आनन्दादिमा धाता योग । चन्द्रराशि– धनु । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः ३५ बजे र दिनमान २६ घडी ७ पला । लैचह्रे पूजा ।
राशीफल
मेष– दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
वृष– आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ ।
मिथुन– समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।
कर्कट– व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
सिंह– नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।
कन्या– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।
तुला– व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् ।
वृश्चिक– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।
धनु– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
मकर– काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
कुम्भ– आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।
मीन– तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  १२ : ३३ बजे