११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (९ माघ ०७६, बिहिवार)


९ माघ २०७६, बिहिबार  

0
Shares

राशिफल माघ 9,2076 – 23 Jan , 2020, बिहिवार
चतुर्दशी – लैचह्रे पूजा

पञ्चाङ्ग :
वि.सं. २०७६ माघ ९। बिहीबार। इ.स. २०२० जनवरी २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। चतुर्दशी, २६:०१ उप्रान्त औंसी। नक्षत्र– पूर्वाषाढा, २५:३० बजेउप्रान्त उत्तराषाढा। योग– हर्षण, २७:२१ बजेउप्रान्त वज्र। करण– भद्रा, १४:०० बजेदेखि शकुनि, २६:०१ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी ७ पला। लैचह्रे पूजा।

०१) मेष – दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

०२) वृष – आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ ।

०३) मिथुन – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

०४) कर्कट – व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

०५) सिंह – नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।
०६) कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

०७) तुला – व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् ।

०८) वृश्चिक – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।
०९) धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

१०) मकर – काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

११) कुम्भ – आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।

१२) मीन – तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ६ : ४८ बजे