१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१० माघ ०७६, शुक्रवार)


१० माघ २०७६, शुक्रबार  

0
Shares


औंसी (दर्शश्राद्धर आर्यघाटमा माधव(नारायण मेलार हलो बार्नेर निशि बार्ने)
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १० । शुक्रबार । इ.स. २०२० जनवरी २४ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । औंसी, २६ ः २८ उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तराषाढा, २६ ः २९ बजे उप्रान्त श्रवण । योग– वज्र, २६ ः ३१ बजे उप्रान्त सिद्धि । करण– चतुष्पद, १४ ः १० बजेदेखि नाग, २६ ः २८ बजे उप्रान्त किंस्तुघ्न । आनन्दादिमा आनन्द योग । चन्द्रराशि– धनु, ७ ः ४२ बजे उप्रान्त मकर । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः ३६ बजे र दिनमान २६ घडी ० पला । दर्शश्राद्ध । हलो बार्ने, निशि बार्ने औंसी । आर्यघाटमा माधवनारायण मेला । नवलपरासीमा त्रिवेणी मेला ।
राशीफल
मेष– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
वृष– खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ ।
मिथुन– स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् ।
कर्कट– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।
सिंह– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
कन्या– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।
तुला– बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ।
वृश्चिक– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
धनु– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।
मकर– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
कुम्भ– नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ।
मीन– बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

बिशेष काम गर्ने राम्रो समय बिहान ण्डस्छड देखि ढस्छड सम्म छ, यो समय चन्द्र होराको हो र अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन र

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ३४ बजे