१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (११ माघ २०७६, शनिवार)


११ माघ २०७६, शनिबार  

0
Shares

पञ्चाङ्ग
प्रतिपदा ( सोनाम ल्होसारर बल्लभ जयन्ती
वि।सं। २०७६ माघ ११ । शनिबार । इ.स. २०२० जनवरी २५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं . ११४० सिल्लाथ्व । माघ शुक्लपक्ष । प्रतिपदा, २७ ः २४ उप्रान्त द्वितीया । नक्षत्र– श्रवण, २७ ः ५८ बजेउप्रान्त धनिष्ठा । योग– सिद्धि, २६ ः ०३ बजे उप्रान्त व्यतीपात । करण– किंस्तुघ्न, १४ ः ४२ बजेदेखि वव, २७ ः २४ बजे उप्रान्त वालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि– मकर । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः ३७ बजे र दिनमान २६ घडी ३ पला । सोनम ल्होसार (तामाङ ल्होछार) । श्रीबल्लभ जयन्ती । द्विपुष्कर योग २७ ः ५८ बजेपछि ।
राशीफल
मेष– सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ ।
वृष– नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला ।
मिथुन– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
कर्कट– ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
सिंह– मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
कन्या– पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।
तुला– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ।
वृश्चिक– विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।
धनु– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
मकर– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।
कुम्भ– आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।
मीन– स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३२ बजे