१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१४ माघ ०७६,मंगलमबार)


१४ माघ २०७६, मंगलबार  

0
Shares

राशिफल माघ १४, २०७६ – 28 January, 2020, मङ्गलवार
चतुर्थी – मंगल-चतुर्थी व्रत, तिलकुन्द चतुर्थी/,नेपाल नर्सिङ दिवस  ।

पञ्चाङ्ग :
वि.सं. २०७६ माघ १४ गते मंगलबार, इ.स. २०२० जनवरी २८ शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण शिशिर ऋ, ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष, चतुर्थी, ३२:४२ उप्रान्त पञ्चमी, नक्षत्र– शतभिषा, ८:१० बजेउप्रान्त पूर्वभाद्रपदा, योग– परिघ, २६:३५ बजेउप्रान्त शिव, करण– वणिज, १९:३८ बजेदेखि भद्रा, ३२:४२ बजेउप्रान्त वव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ, २८:०३ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी २ पला। पञ्चक। तिलकुन्द चतुर्थी।

राशिफल :

१ )मेष – पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।

२ )  वृष – परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।

३ )  मिथुन – गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ ।

४ कर्कट – मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा–मामिलामा विजयी भइएला ।

५ )  सिंह – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

६ ) कन्या – बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला ।

७ )  तुला – महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि –चौपायाबाट लाभ मिल्नेछ।

८ )  वृश्चिक – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

९ ) धनु – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

१० ) मकर – स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ ।

११ ) कुम्भ – टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।

१२ ) मीन – सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : २० बजे