१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धुर्मुस सुन्तलीको सेन्टी भाइरस सार्वजनिक (भिडियो)


१६ माघ २०७६, बिहिबार  

0
Shares


१६ माघ ०७६, काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको ‘सेन्टी भाइरस’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानी आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको ट्रेलरभित्र राजनीतिक घटनाक्रमलाई समेटिएको अनुमान लगाउन सकिन्छ । फिल्ममा स्वयम् सिताराम कट्टेल र कुञ्जना घिमिरेले अभिनय गरेका छन् । यो फिल्ममा दयाहाङ राई, पवन खतिवडा,विल्सन विक्रम राई,राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्री, एलिस राइ, कमलमणी नेपाल,सुनिता घिमिरे लगायतको भूमिका छ ।
फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेको हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रर्दशनमा आउने बताइएको छ ।
हेरौं ट्रेलर ः

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ७ : ४२ बजे