राशिफल माघ १९, २०७६ – 2 February, 2020, आइतवार
अष्टमी – अष्टमी व्रत/ भीष्माष्टमी व्रत/ गोरखकाली पूजा/ विश्व सिमसार दिवस
पञ्चाङ्ग :
वि.सं. २०७६ माघ १९ गते आइतबार। इ.स. २०२० फेब्रुवरी २ शकसंवत् १९४१ परिधावी संवत्स उत्तरायणशिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। अष्टमी, १६:२१ उप्रान्त नवमी। नक्षत्र– भरणी, २०:०६ बजेउप्रान्त कृत्तिका। योग– शुक्ल, २८:०० बजेउप्रान्त ब्रह्म। करण– वव, १६:२१ बजेदेखि वालव, २८:५६ बजेउप्रान्त कौलव। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मेष, २६:३१ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। गोरखकाली पूजा। भीष्माष्टमी।
राशिफल :
मेष – हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला ।
वृष – शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने
र्नुहोला ।
मिथुन – चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला ।
कर्कट – माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ, आजको कुनै निर्णय खराब हुनसक्छ निर्णय गर्दा अलि विचार गर्नुपर्ला ।
सिंह – नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् ।
कन्या – धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला ।
तुला – घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ ।
वृश्चिक – हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ ।
धनु – पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ ।
मकर – नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ ।
कुम्भ – बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् ।
मीन – आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ ।
प्रतिक्रिया