१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आनन्दवन अस्पतालमा विदेशी बिरामीको उपचार गर्दै


२० माघ २०७६, सोमबार  

0
Shares


२० माघ ०७६, टिकाभैरव ललितपुर । आनन्दवन अस्पताल टिकाभरव ललितपुरमा विदेशबाट समेत विरामी आएर उपचार गर्ने गरेको पाइएको छ ।
अस्पतालका चिकित्सक डा महेश साहले भन्नुभयो, “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताउनुभयो ।
गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गतवर्ष बहिरङ्ग विभागमा ६ हजार १ सय ८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८ सय ६५ बिरामी भर्ना भएर उपचार गराएका थिए । अस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको बताउनुभयो । देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन् । अस्पतालले गत वर्ष नै ११३ जनाको यस किसिमको शल्यक्रिया गरेको थियो । दी लेप्रोसी मिशन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको अस्पतालमा कुष्ठरोगका लागि ८० शैया निःशुल्क छ । अस्पतालले कुष्ठरोग प्रभावितलाई स्वयम हेरचाह र पुनःस्थापना सेवा निःशुल्क दिँदै आएको छ । हालसम्म उपचार गराएका बिरामीको सङ्ख्या २१ हजार ३३९ पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : ४१ बजे