१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२१ माघ २०७६, मङ्गलवार)


२१ माघ २०७६, मंगलबार  

0
Shares


दशमी ( विश्व क्यान्सर दिवसर शल्यदशमी)
पञ्चाङ्ग
वि.सं. २०७६ माघ २१ । मंगलबार । इ.स. २०२० फेब्रुवरी ४ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लाथ्व । माघ शुक्लपक्ष । दशमी, १७ ः ५७ उप्रान्त एकादशी । नक्षत्र– रोहिणी, २२ ः ३६ बजे उप्रान्त मृगशिरा । योग– ऐन्द्र, २६ ः ३४ बजे उप्रान्त वैधृति । करण– गर, १७ ः ५७ बजेदेखि वणिज, ३० ः ०२ बजेउप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि– वृष । काठमाडौंमा सूर्योदय– ६ ः ५१ बजे, सूर्यास्त– १७ ः ४५ बजे र दिनमान २७ घडी ४ पला । शल्य दशमी । बैतडी गुजरमा बनारसी पूजा ।
मेष– दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला।

राशिफल
वृष– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।
मिथुन– काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।
कर्कट– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला ।
सिंह– सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।
कन्या– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।
तुला– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
वृश्चिक– काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु– विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ।
मकर– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।
कुम्भ– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।आर्थिक अभावले भने अलि सताउनेछ ।
मीन– आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ३१ बजे