१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना शंकामा खरिपाटी क्वारेन्टाइन बसेका नेपाली खुशी


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

 

रमेश गिरी÷राष्ट्रिय समाचार समिती
१३ फागुन ०७६,भक्तपुर । सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज त्यहाँ पुग्नुभएका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नुभएको हो ।
सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँहरुले भन्नुभयो, “हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनै पनि सामान तुरुन्तै पाउने गरेका छाँै, यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ ।”
सांसद बस्नेतसँग उहाँहरुले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो । क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताउनुभयो ।
उहाँलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गर्नुभएका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।