१५ पुस २०८१, सोमबार | Mon Dec 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘होमस्टे’मा सिस्नुको परिकारमा रमाउँदै पर्यटक


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

१३ फाल्गुन ०७६,मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको छ ।
त्यस्तैगरी होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिए । “यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्”, उनले भने, “सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।”

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : २१ बजे