८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


अजिंगरले तौलिया निल्यो ,पशु चिकित्सालयको डाक्टरसमेत चकित ( भिडियाे)


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

१८ फाल्गुुन ०७६,एजेन्सी। अष्ट्रेलियाको सिड्नी अवस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा धेरै भाइल बनेको छ । त्यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ भने उक्त भिडियो गत हप्ताको हो । जंगल कार्पेट अजिंगरले तौलिया निलेको थियो । अजिंगरलाई बचाउनका लागि मालिकले अजिंगरलाई सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पतालमा उपचार गर्न लगेका थिए ।

त्यस्तैगरी अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजिंगरलाई त्यहि दिन डिस्चार्ज गरेका छन् । अजिंगरको स्वास्थ्य अवस्था ठिक भएको बताएको छ ।

उक्त भिडियोअस्पतालले सामाजिक सञ्जालमा अस्पतालले भिडियो पोष्ट गरियो । अस्पतालले भिडियो फेसबुक र ट्वीटरमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुबैले अब अर्को दिन हेर्न सक्नेछन् । अजिंगरको पेटको निकै भित्रसम्म तौलिया पुगेको थियो । तौलिया निकै राम्रोसँग बाहिर निस्कयो र अजिंगरको ज्यान बच्यो । घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया सफता साथ निकालिएको थियो ।’

हेर्नुहाेस उक्त भाइल  भिडियाे

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ५२ बजे