४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अस्पताल भर्ना हुँदै प्रधानमन्त्री ओली


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

प्रधानमनत्री केपी शर्मा ओलि विहीबार नवनियुक्त मन्त्रीहरुसँग परिाचयात्मक कार्यक्रममा सहभागी हुँदै । तस्विर ः रोशन सापकोटा

१८ फागुन ०७६,काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै हुनुहुन्छ । आज सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक आज साँझ पनि सम्पन्न भएको थापाले बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : २४ बजे