१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


भुकम्पपछि बनाइएको पाटन दरवारका सुन्दर दृश्य


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

दरवारपरिसरमा रहेको ठूलो घण्टा तलेजु र चरनारायण मन्दिर । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२१ फागुन ०७६, पाटन ललितपुर । उपत्यकाको पुरानो शहर पाटन प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँ दिनहुँ सयौंको संख्यामा विदेशी पर्यटन आृउँछन् ।

सुन्दरीचोक परिसरमा रहेको आर्कषक प्रस्तरकला ।

२०७२ सालको महाभुकम्पले ढलेका यहाँका दरवारहरु र शंकरनारायण, नरसिंह,चरनारायण र कृष्ण मन्दि, नरसिंह र कृष्ण मन्दिर पुर्ननिर्माण गरिएको छ । श्रीनिवास मल्लले निर्माण गरेको भिमसेन मन्दिर पाटनबासी आफैले पुर्ननिर्माण गर्दैछन् । राधाकृष्णमन्दिर पनि पुर्ननिर्माण भइरहेको छ ।

मल्लकालीन दरवार र तलेजु ।

शताव्दीऔं अघिका मल्लकालीन ऐतिहासिक दरवार यहाँका विशेषता हुन् । युनेस्कोको विश्व सम्पदामा सूचिकृय याँहाका दरवार र कलात्मक र वैववशाली छन् ।

साँझपख देखिएको पाटन दरवारपरिसर ।

ढुंगामा कुँदिएका आर्कषक बुटाहरु, सुन चाँदीलगायत विभिन्न धातुका बहुमूल्य मूर्तिहरु,काठका पुराना टुँडाल र आँखीझ्याल यहाँका आर्शषण हुन् ।

आर्कषक सुनको ढुंगेधारा ।

पाटन दरवारका दशैंघर, तलेजु, देउ तलेजु, कृष्ण मन्दिरकै छेउँको प्रसिद्ध मणिमण्डप तत्कालीन राजा योगनरेन्द्र मल्लले बनाउन लगाएका थिए । मन्दिर अगाडि मल्लको सुन्दर सालिक छ । पाटनबासी योगनरेन्द्र आजसम्म पनि जीवितै रहेको राजाका मान्छन् । सालिकको शिरमा रहेको चरा नउडेसम्म नरेन्द्रदेव जिवित रहेको विश्वास गरिन्छ ।

कृष्णमन्दिर अगाडि रहेको सिद्धिनरसिंह मल्लको सालिक ।

पाटनको कृष्ण मन्दिर दरवारपरिसरकै आर्कशक मन्दिरको रुपमा लिइन्छ । एउटै ढुंगाबाट शिखर शैलीमा बनाइएको कृष्णमन्दिरमा २१ वटा जडित गजुरले मन्दिर झनै कलात्मक बनेको छ ।

साँझपस दरवार परिसरबाट देखिएका कृष्ण मन्दिरलगायत मन्दिरहरु ।

सत्रौं शताव्दीका अनुपम नमूनाका रुपमा रहेको धातुकला, काष्ठकला र प्रस्तरकलाले सझिएको यो दरबार मल्लकालीन सभ्यता र वैभवको प्रतिकको रुपमा रहेको पाटन दरवारभित्र कलात्मक मुलचोक र सुन्दरीचोक रहेका छन् ।

सुन्दरी चोक ।

मल्लकालीन काष्ठकला,धातुकला र प्रस्तरकलाले सझिएको सुन्दरी चोक साँच्चिकै सुन्दर छ । यहाँ सयौ ढुंगामा सुन्दर मूर्तिहरु कुँदिएका छन् । दरवारपरिसरमा रहेको टुँडालमा रोचक दृश्य हेर्न सकिन्छ । यहाँ केही बर्षअघिसम्म आगन्तुक घुम्न निषेध थियो । अहिले शुल्क तिरेर हेर्न पाइन्छ ।

मुल चोकमा देखिएको काष्ठकला ।

दरवारसँगै खुला स्थलमा भण्डारखाल पोखरी र स्वप्नील बगैंचा पनि उत्तिकै सुन्दर छ । मल्लकालीन रानीहरुलाई नुहाउन श्रृङ्गारपटार गर्न र घाममा बस्न बनाएको यो ठाँउमा रहेको पोखरीमा सिजनमा कमलको फूल हेर्न पाइनछ ।
तेह्रौं शताव्दीतिर बुद्धकालीन आकर्षक स्थल रहेको विश्वास गरिन्छ । पाटनमा हिन्दु मन्दिरहरुसँगै गोल्डेन टेम्पललगायत वरपरका विहार स्पुता रहेको भेटिन्छन् ।

भण्डारखाल बगैचा ।

त्यो ऐतिहासिका कालखण्डमा राजधानीमा हिन्दु र बौद्धधर्मालम्बीहरु मिलेर बसेको सजिलै अनुमान गर्न सकिन्छ ।
हेरौं दरवारका केही सुन्दर दृश्यहरु

साँझपख मन्दिरपरिसरको दृश्य ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २९ बजे