
२२ फाल्गुन ०७६, डोटी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हनेमा डोटी जिल्लाको पश्चिमी क्षेत्रको सायल गाउँपालिका २ सिर्मागाउँका ६० बर्षीया जसुदेवी ओलीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानएको छ ।
त्यस्तैगरी हिजो बुधबार राति करिब ६।३० बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । डोटीमा अहिले पनि वर्षा भइरहेको छ ।







प्रतिक्रिया