४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विरामी प्रधानमन्त्री ओलीलाई दिइयो सन्तुलित आहार


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

फाइल तस्विर ः प्रधानमन्त्री कार्यालय

२५ फागुन ०७६, महाराजगञ्ज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबारबाट नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको बताएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ । उहाँको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ४८ बजे