१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई हजार मास्क निःशुल्क बाँडेपछि


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares

फाइल तस्विर

२८ फागुन ०७६, गोरखा । सर्वसाधारण नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ । मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरिएको प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
“सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सार्वजनिक सवारी साधनका चालक, सहचालक .तथा सर्वसाधारण नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिँदै जनचेतनामूलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट सबै नागरिकलाई पहिले आफैँ सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ भन्ने हामीलाई लागेको छ ।”

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्नसक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुआत गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।