लपु संवाददाता
२९ फागुन ०७६, गोदावरी । ललितपुर गोदावरीस्थित राममन्दिर परिसरमा जेष्ठ नागरिका दिवा सेवा केन्द्रको शिलान्याश(जग पूजा) सम्पन्न भएको छ । प्रदेश सासंद लालकुमारी पुन तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विहीबार विधिवत् रुपमा जग पूजा गरेका हुन् ।
दिवा सेवा केन्द्र निर्माणको पवित्र उद्देश्य राखेर गतफागुन २१ गतेबाट याहाँ श्रीमद भागवत महायज्ञबाट लगाइएको थियो । महायज्ञमा दिवा सेवा केन्द्र निर्माणका लागि उल्येख्य प्रतिवद्धता आएको कारण जग पूजा गरिएको मुल आयोजक कमिटीका अध्यक्ष राज घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महायज्ञबाट उल्लेखनीय सहयोग आएको छ । जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणका लागि सिमेन्ट, वालुवा, रोडाजस्ता पातादेखि रडसम्म दिने दाता आएका छन् । राजनीतिक दलका सासंद लगायतको प्रतिबद्धता पनि उत्तिकै राम्रो छ ।’
सहयोग नगद र जिन्सीका एकमुष्ट हिसाव निकाल्न बाँकी रहेको उहाँको भनाई छ ।
यस केन्द्र निर्माणका लागि ललितपुरका सासंद नवराज सिलवालले सासंद विकाश कोषबाट २५ लाख बजेट हाल्ने घोषणा गरिसक्नु भएको छ ।
ललितपुरकी प्रदेश सासंद लालकुमारी पुन सुशीलले केन्द्र निर्माणका लागि प्रदेश सरकारबाट बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयोभवनको लागत टुंगेलागेपछि अपुग बजेट प्रदेश सरकारले हाल्छ निर्णय गर्छ ।
दिवा सेवा केन्द्र निर्माणका लागि श्याम मुग्राती, रछाने मुग्राती, भाइराज बिसुन्खे लगायत ७ जनाले ६३ हजार बराबरको श्रम दानदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । गोेदावरी ५ का वडाध्यक्ष बिष्णु महर्जनले ३ टिपर रोडाको हुन आउने ९० हजार प्रदान गर्ने
स्थानीय गणेशबहादुर सिलवालबाट ५५ हजार पाचसय गोदावरी २ महादेवडाडाका स्थानीय राजाराम सिल्वाल र श्रीमती लक्ष्मी सिल्वालले रु.५१,१११, स्थानीय कृष्ण काजि बस्न्यातले नगद रु ७०,०००,शान्भी खत्री नानीले रु ६६६६ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
प्रतिक्रिया