२४ आश्विन २०८१, बिहिबार | Fri Oct 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


युनेस्कोको अन्तराष्ट्रिय प्रतियोगितामा तोलाङ्गे पुरस्कृत


१ चैत्र २०७६, शनिबार  

0
Shares

पुरस्कार लिदै दिपक दीपक तोलाङ्गे ।

१ चैत्र ०७६,काठमाडौं । युनेस्कोको आईसिच्याचक्याप संस्थाद्वार गत जुलाई २०१९ दक्षिण कोरियामा आयोजना भएको ‘एसिया(प्यासिफिक अमूर्त सांस्कृतिक सम्पदाको कथा प्रतियोगितामा पाँच नेपाली पुरस्कृत भएका छन् ।
प्रतियोगितामा एसिया(प्यासिफिक क्षेत्रका १९ वटा देशका युवाले
प्रतियोगिता भाग लिएका थिए । ‘युवा अभ्यासकर्ता’ र ‘युवा प्रतियोगी’ गरी दुई शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा नेपालबाट पाँच जना युवाले पुरस्कार पाए ।

नेपालबाट दीपक तोलाङ्गेको लघु चलचित्र ‘कुसुण्डा’ले विशेष पुरस्कार
प्राप्त र्गयो । चलचित्रमा तोलाङ्गेले कुसुण्डा सस्कृती सन्छिप्तमा
समेटेका थिए साथै कुसुण्डा भाषा संरक्षण गर्न संघर्ष गरेकी एकमात्र
कुसुण्डाभाषी ज्ञानीमैया सेनको संघर्ष चित्रण गरेका थिए । यद्यपि,
एकमात्र कुसुण्डाभाषी ज्ञानीमैयाको गत पुष महिनामा निधन भइसकेको छ ।
यसैगरी उक्त प्रतियोगितमा एलिना ताम्राकार र माया राईले उत्कृष्ट्ता पुरस्कार पाए । मोनासिला महर्जन र रिजा जोशीले सहभागिता पुरस्कार पाए ।
पुरस्कृत युवा प्रतिभालाई बिहिबार युनेस्काको नेपाल कार्यालयमा युनेस्को प्रतिनिधि क्रिचियन म्यानहार्टले पुरस्कृत गरे । प्रतियोगिता
एसिया(प्यासिफिक क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न
आयोजना गरिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : ४२ बजे