९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा कोरोना सचेतना बढाउदै वागमती


१ चैत्र २०७६, शनिबार  

0
Shares

कोरोना भाइरसको संक्रमणका बारेमा बनाइएको प्रचार सामाग्री बाँडेदै गाँउपालिका अध्यक्ष लोप्चन । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१ चैत्र ०७६, भट्टेडाँडा ललितपुर । वागमती गाँउपालिकाले कोरोना भाइरस रोगबाट बच्न प्रचार अभियान शुरु गरेको छ । शनिबार ललितपुरको तीनपाने भञ्ज्याङ्गमा गाँउपालिकाका अध्यक्ष विर बहादुर लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरेले प्रचार सामाग्री टागेर अभियान शुरु गरेका हुन् ।

पोस्टर लिएर वासेका भानु प्राविका विद्यार्थी ।

कोरोना भाइरसको लक्षणहरु र बच्ने उपायबारे वागमती गाँउपालिकाले बनाएको फ्लेक्स बोर्ड र पोस्टर तिनपाने भञ्ज्याङ्ग र भैसेमा वितरण गरिएको थियो ।
गाँउपालिकोको बैठकले कोरोना भाइरसबारे प्रचार सामाग्री बनाएर प्रचार गर्ने निर्याण गरेपछि यो अभियान शुरु गरिएको पालिका अध्यक्ष रञ्जना घिमिरे जानकारी दिनु भयो । गाँउपालिकाले प्रचार सामाग्री सात बटै वडाका हरेक नागरिकको हात हातसम्म पु¥याउने योजना रहेको गाँउपालिकाी उपध्यक्ष घिमिरेले बताउनु भयो ।

तिनपाने भञ्ज्याङ्गमा फ्लेक्स टाँग्दै गाँउपालिका अध्यक्ष लोप्चन र उपाध्यक्ष घिमिरे ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गोलालले संसारका १२२ देशमा फैलिसकेको यो रोगको बारेमा राम्रोसँग प्रचार र बच्ने उपायबारे जानकारी दिएर मात्र रोग लाग्नबाट बच्न सकिने हुदा वागमती गाँउपालिकाको प्रचार अभियानको प्रशंशा गर्नुभयो ।

 

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ४ : ३५ बजे