९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


व्यावसायीलाई कालोबजारी नगर्न ललितपुर चेम्बरको आग्रह


१ चैत्र २०७६, शनिबार  

0
Shares


१ चैत्र ०७६ ललितपुर । ललितपुर चेम्बर अफ कर्मसले कोरोना भाइरसको त्रास फैलिरहेको अहिलेको परिस्थितीमा कालोबजारी नगर्न सम्बद्ध व्यावसायीहरुलाई अनुरोध गरेको छ ।
शनिबार चेम्बरले प्रेस विज्ञप्ती निकालेर यो अनुरोध गरेको हो । अध्यक्ष पुष्पराज शाक्यको हस्ताक्ष्रित विज्ञप्तीमा भनिएको छ– ‘यस संकटको घडीमा बजारमा आएका र आउन सक्ने संभावित पेट्रोलियम पदार्थ, औषधि र खाधन्नजस्ता दैनिक उपभोग्य बस्तुहरु कृतिम अभाव एबं कालो बजारी हुन नदिन ललितपुर चेम्बर अफ कर्मस र सम्पूर्ण यासायीहरु समेत सचेत छौं । यसै सिलसिलामा सरकारी निकाय एवं सरोकारवाला निकायहरुले अनुगमन समेत गरिरहेको हुँदा सम्पूर्ण व्यावसायीहरुमा सहयोग पु¥याइ दिनु हुन अनुरोध गर्दछौं ।’
विज्ञप्तीमा पेट्रोलियम पदार्थ, औषधि र खाधन्नजस्ता दैनिक उपभोग्य बस्तु सर्वसुलभ तथा सुपथ मूल्यमा बेच्न अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : १२ बजे