९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको भैसेबाट दादुरा रुवेला उल्मुलन अभियान शुरु


२ चैत्र २०७६, आइतबार  

0
Shares

गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन भटेटेडाँडा भैसेका उक वालकलाई खोप दिएपछि कायर खबर

लपु संवाददाता
२ चैत्र ०७६, भट्टेडाँडा भैसे । दक्षिण ललितपुरको भट्टेडाँडास्थित भैसेबाट दादुरा रुवेला उल्मुलनका लागि खोप अभियान शुरु भएको छ । वागमती गाँउपालिकाका प्रमुख विर बहादुर लोप्चन र उपप्रमुख रञ्जना घिमिरेले शनिबार एक कार्यक्रमकाबीच अभियानको शुरु गर्नुभएको छ ।
सन् २०२३ सम्म नेपालबाट दादुरा रुवेला रोग उल्मुलन गर्ने लक्ष्यका साथ अभियान शुरु गरिएको गाँउपालिका उपप्रमुख रञ्जना घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले हरेक वडामा २ ठाँउमा खोप दिने व्यवास्था गरेका छौं ।’
गाँउ पालिका प्रमुख विरबहादुर लोप्चनले गाँउपालिकाका सातै वडाका ९ महिना देखि ५ वर्षसम्मका वालालिकालाई १०५० जना वालवालिकाहरुलाई खोप दिइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘छुटेको रहेछ भने भट्टेडाँडा अस्पतालमा पुगेर लगाउन सकिने व्यवास्था छ ।’

एक वालिकलाई खोप दिदै सवास्थ्यकर्मी ।

भट्टेडाँडा अस्पतालका डा. प्रकाश दंगालले साधारण ज्वरो रुघा खोकी लागेको अवस्थामा वालवालिकाहरुलाई खोप दिन सकिने भए पनि जो कोहीलाई खोप दिएपछि साइड इफेक्ट हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘केही परे फोन गर्नु होला । सेवामा म हाजिर हुनेछु ।’ डा. दंगालले दादुरा रोग लागेका औषधि नभएकाले समयमै सचेत हुन अनुरोध गर्नुभयो ।
डा दंगालले भन्नुभयो, ‘नियमित ३ बर्षदेश भरि यो रोग देखिएन भने उल्मुलन भएको मानिन्छ । यस अभियानलाई सघाउन सबैले सहयोग गर्नुपर्छ ।’
गाँउपालिकामा कार्यरत स्वास्थ्य स्वयम्सेविकाले हरेक घरमा दादुरा र रुवेलाविरुद्धको खोप लिनका लागि निमन्त्रणा दिएका उपप्रमुख घिमिरेले जानकारी दिनुभयो ।
चैत्र १ देखि ५ गते सम्म ललितपुरको वागमती, कोञ्ज्योसोम र माहाँकाल गाँउपालिकामा नेपाल सरकारद्धारा संचालित दादुरा र रुवेलविरुद्धको खोप दिने अभियान शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न मितीमा जिल्लाका सबै ठाँउमा चैत्र १५ गतेसम्म खोप दिने तालिका छ ।’
दादुरा र रुवेलाविरुद्धको खोपको अभियान सन् २००४,२००८,२०१२ र २०१६ भइसकेको छ । २०१९ भित्रै सरकारले यो रोग उल्मुलन भइसक्ने लक्ष्य लिइएको भएपनि तराईको विभिन्न जिल्लामा यो रोग निरन्तर देखिएपछि फेरि सन् २०२० मा पनि अभियान संचालन गरेर २०२३ सम्ममा नेपाललाई दादुरा रोग मुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ४७ बजे