९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै विज्ञप्ती झूटो भन्दै वडाध्यक्षले लिए बन्द फिर्ता


५ चैत्र २०७६, बुधबार  

0
Shares

कान्तिलोकपथको कार्कीबास । तस्विर ललितपुर खबर

५ चैत्र ०७६, ललितपुर । वागमती गाँउपालिका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले आफ्नै हस्ताक्षरित विज्ञप्तीलाई झूटो भन्दै खण्डन गरेका छन् । गाँउपालिककै लेटरहेडमा कान्तिलोकपथ बन्द र प्रहरीलाई कारवाहीको माग गर्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जाल र सर्वसाधारणको आलोचना थेग्न नसकेर वागमती गाँउपालिकाका वडाध्यक्ष विष्णु तिमल्सिनाले बन्द फिर्ता लिदै दोश्रो विज्ञप्ती प्रकाशन गरेका हुन् ।
मंगलबार साँझ आफैले जारी गरेको विज्ञप्तीलाई झूटो सावित गर्ने कोसिस गर्दै वडाध्यक्ष तिमल्सिनाले अनलाइन मिडियामा आएका समाचारहरु भ्रामक भएको उल्लेख गरेका छन् । जवकी वागमती गाँउपालिकाको लेटरहेडमा वडाध्यक्ष तिमल्सिनाले उस्तै प्रकृतीको हस्ताक्षर गरेका छन् । विज्ञप्तीमा प्रयोग भएको हस्ताक्षर हेर्नुहोस्


वडाध्यक्ष तिमल्सिनाले कान्ति लोकपथमा रहेका क्रसर व्यवसायीहरुबीचको विवाद सम्बन्धित निकायमा खबर गरी तत्कालका लागि समाधान गर्ने सहमति भएको भन्दै बिहीबार देखिको बन्द नहुने भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा बिहीबारदेखि सुरु हुने एसइई परीक्षा तथा स्थानीयलाई पर्ने असरलाई मध्यनजर गर्दै तत्काल बन्द नहुने विज्ञप्तीमा उल्येख गरेका छन् ।
मङ्गलबार वागमती ३ छपेलीमा व्यावसायी र स्थानीयबीच विवाद भएपछी महानगरीय प्रहरी वृत चापागाउँबाट छपेली पुगेको प्रहरीे टोलीले केही जनप्रतिनिधिलाई गोली हान्ने धम्की दिएको आरोप लगाउंदै वडाध्यक्ष तिमल्सिनाले वडाको लेटरप्याडमै विज्ञप्ति जारी गरेका थिए । साथै विज्ञप्तीमा प्रहरी निरीक्षक लम्साललाई कारवाहीको माग गरेका थिए । कारवाही नभए तीनपाने भन्ज्यांगदेखि शिशाखानी सम्मको कान्ति लोकपथाको सडकखण्ड अनिश्चितकालीन बन्द गराउने उल्येख थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ५४ बजे