४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना भाइरस कहिलेसम्म ?


९ चैत्र २०७६, आइतबार  

0
Shares


लपु सवाददाता
९ चैत्र ०७६, ललितपुर । कोरोना भाइरसका ससारका धेरै शहरहरु खाली हुन थालेका छन् । ती शहरका विद्यालयहरु बन्द गरिएको छ साथै यात्रामा प्रतिबन्ध लगाइएको छ । ससारका शहरसँगै व्यस्त काठमाडौं उपत्यका पनि विस्तार खाली हुन थालेको  छ ।
संसारभर २ लाख ७५ हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण का कारण यस्तो भइरहेको छ । २१ औ शताव्दीको वैज्ञानिक युगमा यो ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो ।

कोरोना भाइरसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्ने अनुमान वैज्ञानिकहरको छ । यो रोगको सक्रमण अन्त्य हुन बर्षै लाग्न सक्ने अनुमान गरिएको छ ।
कोरोना सक्रमणबाट जोगिनका प्रशासनले गरिरहेको प्रतिबन्धका उपायहरु दिगो रुपमा अपनाउन कठीन छ । सबैले सधैभरि प्रतिबन्ध पालना गर्नसक्ने आवस्था पनि पक्कै हुनेछैन । प्रतिबन्ध पालना नगर्दा अर्को अयावह स्थिती आउदैन भन्न सकिन्न ।
नेपाल जस्ती अर्थिक विपन्न मुलुकहरुले कोरोनासँग जुध्ने क्रममा धेरै आर्थिक क्षति व्यहोर्नु पर्ने निश्चित छ । २०७२ सालको महाभुकम्पको चपेटामा परेको नेपाल कोरोना महँगो सावित हुनसक्छ ।
कोरोनाबाट छु्ट्कारा पाउनका लागि ३ वटा उपायहरु अपनाउन सकिन्छ ।
१.खोप २.मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास ३. सामाजिक परिस्थितीको परिवर्तन ।
खोप बन्न कम्तीमा एक वर्ष लाग्छ ।
खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ।
करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन ।
अमेरिकाले हालै कोरोनाको विरुद्ध खोप बनाएर यसै हप्ता एक व्यक्तिलाई हलो पटक खोप परीक्षण गरिएको छ ।
खोपका बारेमा गृहकार्य भइरहे पनि यो सफल नै हुन्छ भन्ने निश्चित छैन । तर आशा गर्ने ठाँउ । परिक्षण सफल भए सबै प्रकृया पुरा गरेर १२ देखि १८ महिनामा कोरोना भाइरस विरुद्धको खोप तयार हुनेछ ।
तर कोभिड(१९ को औषधि बनेर परीक्षण भई प्रयोगमा आउन पनि उत्तिकै समय लाग्छ ।
यूकेका प्रमुख स्वास्थ्य सल्लाहकारका प्राध्यापक क्रिस ह्वीटीका अनुसार दीर्घकालीन समाधान भनेको खोप नै हो र आशा गरौँ त्यो सकेसम्म छिटो उपलब्ध हुनेछ ।
२. रोग प्रतिरोधी क्षमता
धेर मानिसहरुमा रोग सर्नबाट जोगाउनका लागि एक बाट अर्कोमा रोग सर्नबाट जोगाउनका लागि केही प्रतिबन्धहरु गर्न सकिन्छ । सङ्क्रमण कम भएपछि प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्न सकिन्छ । तर कहिले सङ्क्रमण घट्छ र प्रतिबन्ध हटाएपछि पनि कोरोना सर्ने दरमा परिवर्तन आउछ नै भन्न सकिन्न ।
प्राध्यापक नील फर्गुसन यसको सङ्क्रमणलाई थोरै मानिसमा मात्र सीमित गर्ने कुरा गरिरहेका बताउछन् ।
३. समाजिकक व्यावहार
यी सबै तरिकाहरूले भाइरसको फैलिने गति कम गर्नेछन्।
“अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो जसले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्छ,“ प्राध्यापक वुलहाउसले बताए ।
जसमा हाल कायम गरिएका कतिपय उपाय कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसन अर्थात् एक्ल्याएर राख्ने उपाय हुन सक्छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ५६ बजे