९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गाँउपालिकाद्वारा बाग्मती बन्दको निर्णय


१० चैत्र २०७६, सोमबार  

0
Shares

१० चैत्र ०७६,भट्टेडाँडा । बाग्मती गाउँपालिकाले कोरोना भाइरस ९ कोभिड १९ बाट बच्नका लागि अत्यावश्यक सेवा बाहेकको सबै काम चैत २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको गत चैत ७ गतेको निर्णय तथा प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा सङ्घ, प्रदेश र स्थानीय तहका अत्यावश्यक सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णय भएबमोजिम बाग्मती गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका काम २१ गतेसम्मका लागि बन्द गरेको जनाएको छ ।

कोभिड १९ बाट बच्नका लागि सबैले आआफ्नो स्थानबाट सहजकता अपनाउनुपर्ने भएकाले गाउँपालिकाले सबै सेवा बन्द गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले प्रदान गर्ने स्वास्थ्य र शान्ति सुरक्षा लगायतका अत्यावश्यक सेवा भने यथावत रहेको बाग्मती गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १३ बजे