९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हात धोएर लाग्न ललितपुरका सासद सिलवालको सुझाव


१० चैत्र २०७६, सोमबार  

0
Shares


१० चैत्र ०७६, ललितपुर । ललितपुरका सासद नवराज सिलवालले कोरोना भाइरसको सक्रमणबाट जोगिन सवै नेपालीहरु हात धोएर लाग्न सुझाव दिनुभएको ।
सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उहाँले हरेक नेपालीलाई केही समय जमघट, भोजभतेर, पार्टीलगायत काम रोक्न पनि अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “तपाईंहरु हरेक व्यक्तिले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावको पालना गरी मुलुकलाई कोरोनाको त्रासबाट जोगाउनुपर्ने दायित्व अब सिर्जना भएको छ । हरेक व्यक्तिले दैनिक पटकपटक साबुपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाउनुहोस् । नेपाली सभ्यातको पालना गरी कोरोनाको जोखिम रहेसम्म हात मिलाउने काम ठ्याक्कै रोक्नुहोस् ।” मुलुकलाई यस सङ्क्रमणबाट जोगाउन सामाजिक व्यवहार र दूरीमा रहेर अघि बढ्न सिक्नुपर्ने हरेक नेपालीको कर्तव्य बनेको सांसद सिलवालको भनाइ छ ।
सिलवालले मुलुकका हरेक मानिसले रोगसँग लड्न सक्ने क्षमता बढाउन कागती जातका फलफूल ९सिट्रस फुड० लगायत बदाम, दही आदि खानेकुरा सेवन गर्नुपर्ने सिलवालले सुझाव दिनुभएको छ । सङ्क्रमित देशबाट नेपाल फर्केका हरेक नेपालीलाई केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नसमेत सिलवालले अपिल गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य सदस्य समेत रहनु भएका पुर्व आईजी समेत नवराज सिलवालले हुनुहुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ०७ बजे