८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


लकडाउनमा एक हुल लिएर आफै सडकमा निस्किए राज्यमन्त्री मानन्धर


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares


कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा शुक्रबार काठमाडौँका सडकको अवस्था बुझदै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर । तस्वीर ः सौजन्यः राज्यमन्त्री मानन्धरको सचिवालय

१४ चैत्र ०७६, काठमाडौ । कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्कनुभएको छ । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे राज्यमन्त्री मानन्धरले पैदलबाट अनुगमन गर्नुभएको हो । शुक्रबार बिहान राज्यमन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गर्नुभयो । उहाँले बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिङ्क रोडमा गर्न लागिएको कालोपत्रका बारेमा पनि अवलोकन गर्नुभयो । सडक कालोपत्र र रेखाङ्कनको अवस्थाबारे अनुगमन गर्दै मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले काठमाडाँैै उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिने बताउँदै ठेकेदारले गुणस्तर कायम नगरिएको पाइए कारवाही हुने स्पष्ट गर्नुभयो । पार्किङको दिगो व्यवस्थापन प्रयास उहाँले काठमाडौँको सवारी चापको व्यवस्थापनका लागि उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग समन्वय भइरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।