२ जेठ ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउनुभएको छ । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उहाँ अपराह्न मास्क र हातमा पञ्जासहित आउनुभएको हो ।
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उहाँले मास्क हटाउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाउनुभएको छ ।
२ जेष्ठ २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया