८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको बज्रवाराहीमा कोरोना जाँच्न हानथाप


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

कोरोना परिक्षाका क्रममा विवाद भएपछि जम्मा भएको भीड । तस्विर ः ललितपुर खबर

ललितपुर खबर संवाददाता
५ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्इकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको कार्यक्रम राखेको थियो । विहान ११ बजेबाट शुरु गरिने परिक्षण कार्यक्रमका लागि १० बजे नै नै बज्रवाराही चौरमा भीड जम्मा भयो ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका कोरोना संक्रमणका आशंकामा रहेका अत्यावश्यक पेशा व्यावसायमा कार्यरत स्थानीयबासीहरुको स्वास्थ्य जाँचका लागि उपलव्ध गराएको सिमित स्वास्थ्य किटबाट यो स्वाथ्य परिक्षण भएको हो ।
गोदावरी नगरका स्वास्थ्य शाखा उपसंयोजक केशव थापाले परिक्षण गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मीलगायतको नाम टिप्ने र परिक्षणका लागि पठाइरहेका थिए । परिक्षणका क्रममा आरडिटी १ सय ५० र पिसिआर ६५ वटा किट रहेको तर सबैजसो परिक्षण गर्न आउनेहरुले भरपर्दो नभएकोले पिसिआरबाट नै कोरोना परिक्षण गर्न दबाब दिन थालेपछि विवाद भएको थियो । कारोना परिक्षणका क्रममा खटिएका थापाले आरडिटी विधिबाट परिक्षण गराएको भन्दै सुरक्षाकर्मी र स्वाथ्यकर्मीहरुले विवाद गरेका थिए ।
आरडिटी प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ(कोरोना लागेको अवस्था) आए पनि पिसिआर प्रविधिबाट प्रयोगशालामा जचाउदा नेगेटिभ आउने घटना ज्यादा भएको भन्दै स्वास्थ्यकर्मीहरु नजचाई फर्केका थिए ।

एक कर्मचारीको आरडिटी परिक्षण गर्ने क्रममा रगतको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर ः ललितपुरर खबर

स्वास्थ्य परिक्षण गराउन पुगेका महानगरिय प्रहरी वृत्त चापागाँउका एक प्रहरीले भीडभाडमा खटिने र जोखिमपूर्ण काम गरिरहेका प्रहरीको स्वाथ्य जाँच आरडिटीबाट गराएको तर गोदावरी नगरपालिकाको कोठामा बसेर काम गर्ने कर्मचारीहरुको पिसिआर प्रविधिबाट जचाउनका लागि नमूना टेकुस्थित प्रयोगशालामा पठाएको दुखेको पोखे ।
अर्का एक सहभागीले नाम नबताउने शर्तमा कोरोना परिक्षण पहुचको आधारमा माथिल्लो स्तरका कर्मचारीले भरपर्दो पिसिआरबाट गराएको तर सधै जोखिम मोल्ने स्वास्थ्यकमीहरुको परिक्षण आरडिटीबाट गराएको भन्दै आशोस पोखे ।
स्वास्थ्य शाखा उपसंयोजक थापाले भने हरेक व्यक्तिको जोखिम भए नभएको हेरेर आफूले आरडिटी र पिसिआर छुट्याएको भए पनि पहुच देखाएर झगडा गरेको कारण कोरोना परिक्षण स्थलमा विवाद आएको बताए ।
नगरपालिकाका सामाजिक सेवा समिती संयोजक भास्कर थापाले नगरपालिकाको कर्मचारीले परिक्षण व्यवस्थित गर्न नसक्दा विवाद श्रृजना भएको बताउनु भयो । उहाँले भन्नुभयो नाम टिप्ने चिट दिने र कोरोना भए नभएको माइकबाट घोषणा गर्ने सिस्टम बनाएको भए राम्रो हुने अनुभव भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘छलफलपछि यो विवाद मिलेको छ ।’
जिल्ला स्वास्थ्य कार्यालयले महानगरपालिकालाई १ हजार ५०, नगरपालिकाहरुलाई ५ सय र गाँउपालिकाहरुलाई २ सयको संख्यामा पिसिआर र आरडिटी किट उपलव्ध गराएको थियो । यही किटको साहरामा नगरपालिकाले आइतबार बाडेगाँउमा परिक्षण गरेको थियो भने सोमबार बज्रवाराहीमा परिक्षण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार पिसिआर र (घाटीबाट नमूना संकलन गरेर प्रयोगशालाबाट रिपोर्ट निकाल्ने प्रविधि) र आरडिटी (रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविध । जुन भर पर्दो मानिदैन) दुवै प्रविधि प्रयोग गरेर कोरोना परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ५ : ५५ बजे