४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले संसदमा बोल्दा बोल्दै गाह्रो भयो भनेपछि


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

प्रधानमन्त्री ओलिलाई पोडियमबाट सारेर कुर्सीमा बसेर बोल्ने व्यवस्था गरेपछि ।

लपु संवाददाता
६ जेठ ०७७, काठमाडौं । मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलिलाई गाह्रो भएपछि पोडियमबाट हटाएर अर्को कुर्सीको व्यवस्था गरिएको छ । संसदमा बोलिरहदा १६ मिनेटमा असहज भएपछि सँर्गै कुर्सी राखेर बोल्ने व्यवस्था गरिएको थियो ।
अकास्मात् प्रधानमन्त्रीले मलाई सवास्थ्य अवस्थाका कारण बोल्न गाह्रो भयो भनेपछि सभामुख अग्नी सापकोटाले आफ्नो असनमै बसेर बोल्न अनुमती दिनु भएको थियो । तर सासंदहरुलाई सम्बोधन गर्दा उल्दो दिशा पर्ने भन्दै प्रधानमन्त्री ओलिले सँगै अर्को व्यवस्था गर्न अनुरोध गरेपछि सभामुख सापकोटा नै उठेर वैकल्पिक व्यवस्था गर्न आदेश दिनु भएको थियो ।
नजिकै कुर्सी राखेर प्रधानमन्त्री ओलीलाई व्यवस्था गरेपछि प्रधानमन्त्री ओलिले शल्यक्रियापछि खुट्टाले उभिएर लामो समय बोल्न नसकेको जानकारी दिनु भएको थियो । प्रधानमन्त्रीले आफैले बोल्दा बोल्दै गाह्रो भयो भनेपछि संसद बैठकमा सहभागी सासंदहरुमा अन्यौलसँगै असहज वातावरण बनेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ५६ बजे