८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


भारदेउबाट हराउदै नेवारी भाषा


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

भारदेउ साझामा रहेको रामकाजी श्रेष्ठको परिवार । तस्विर ः ललितपुर खबर

९ जेठ ०७७, भारदेउ ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिका भारदेउको नेवारी बस्तीबाट नेपाल भाषा हराउने अवस्थामा पुगेको छ ।
तामाङ्ग बस्तीको बीचमा भारदेउको सुइरे बस्तीमा ५० नेवारको बसोबास रहेको छ । यो नेवार परिवारमा नेपाली र तामाङ्ग भाषा बोल्ने प्रचलन रहेको स्थानीय रामकाजी श्रेष्ठ बताउछन् । स्थानीय कान्छी श्रेष्ठ भक्तपुरबाट बसाई सरेर आएको यहाँको आफ्ना पुर्खा भारदेउ कहिले आए भन्नेबारे केही जानकारी नरहेको बताउछिन् । भन्छिन्, ‘अहिले त्याँहातिर आउजाउ नै छैन ।’
रामकाजीको परिवारमा गिता श्रेष्ठ मात्रै नेवारी भाषा बोल्छिन् । दोलखाबाट विहे गरेर भारदेउ आएकी श्रेष्ठ विस्तारै भाषा विर्सन थालेको बताउछिन् ।
भाषा मेटिएपछि संस्कृती नै खतरामा परेको स्थानीय नेवारी समुदायका अगुवाहरुको चिन्ता छ ।
पहाडी तामाङ्ग बस्ती भारदेउको रहनसहन बोलीचाली र चालचलनले नेवारी पहिचान मेटिएको हो । कृषिमा आधारित भारदेउमा तामाङ्ग समुदायको बाहुल्य छ । यहाँ केही बाम्हण क्षेत्रीको बसोबास छ ।
केही समयअघि नेपाल भाषा सिकाउने विषयमा चर्चा चले पनि सेलाएर अहिले गएको छ । श्रेष्ठ भन्छन्,‘हाम्रा वालबच्चाले अव नेपाली भाषा र संस्कृती विसिए ।’
पाँच पुस्ता अघि भक्तपुरबाट भारदेउ आएर बसेको ५५ देखि ६० घर धुरी रहेको छ । ४० परिवार मात्रै भारदेउ बस्दै आएका छन् । केही परिवार काठमाडौं र भारदेउ दुवैतिर बस्छन् ।

यहाँ बस्ने नेवारी समुदाय कृषिमा निर्भर छन् । कोही विदेश गएका छन् । कमजोर आर्थिक अवस्थामा नेवारहरु खेती किसानी गरिरहेका छन् । सम्पन्न परिवार काठमाडौं र भारदेउ दुवैतिर बस्छन् ।
भारदेउमा नेवारी समुदायबाट साधुराम श्रेष्ठले वडा सदस्य जितेका छन् ।
भारदेउमा विस्केट जात्रा मान्ने प्रचलन यद्यपी छ । विस्केट जात्राको बेला आफन्त बोलाएर घर घरमा भोज गरिन्छ । गुठीमा पूजा हुन्छ । श्रेष्ठ भन्छन्, ‘हामी विस्केट जात्रा र यमोरी पुन्हीमा भोज मात्रै गर्छौं ।’

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ९ : २४ बजे