२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लकडाउनमै भारतमा ‘श्रमिक विषेश’ रेलबाट ५२ लाख यात्रुलाई सेवा


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares


१७ जेठ ०७७, नयाँ दिल्ली (एएनआई÷रासस) ः भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् ।
लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पु¥याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ ।
यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विषेश’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिनुभयो । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उहाँले बताउनुभयो ।
यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताउनुभयो ।
सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।