४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना भाइरसको खोप पुस माघसम्म आउने दाबी


१८ जेष्ठ २०७७, आइतबार  

0
Shares


१८ जेठ ०७७, काठमाडौं । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा कोरोना भाइरसविरुद्धको खोप यही पुस माघसम्ममा प्रयोगमा आउने सूचना जारी गरेसँगै विश्वभर नयाँ आशाको सञ्चार भएको छ ।
चीनको वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले हालै अनुसन्धानपछि खोप तयार गरेको हो । अंग्रेजी बर्ष २०२० को अन्तसम्म विश्व बजारमा ल्याउन लागिएको यो खोप प्रयोगमा आएपछि लक डाउन अन्त्य गरेर जनजीवन सामान्य हुने आशा गरिएको हो ।
यो खोपको परीक्षण गर्ने क्रममा २ हजार जना व्यक्तिमा प्रयोग गरिसकिएको जानकारी दिईएको छ । यद्यपी यो खोपको दोस्रो चरणको परीक्षणको क्रममै छ ।
विश्वभर कोरोना भाईरसको औषधि नहुँदा संक्रमणबाट जोगिन संसारभरका देशहरुले लकडाउन गरिरहेका छन् । श्वास प्रश्वास र शरिरहरुको स्पर्शले सर्ने यो रोग निराकरणको उपाय मास्कको प्रयोग र शरिर शरिरबीच दुरी कायम गर्नुबाहेक अरु उपपाय नभएको चिकित्सहरु बताउछन् ।
कोरोना भाइरसको संक्रमण चीनको वुहानबाटै संसारभर फैलिएको हो । बुहानमा माहामारीको रुप लिदा अन्य देशमा कोरोना भाइरस पुगेको थिएन । चीनको बुहानमा भने हाल भाइरस नियन्त्रणमा आएपछि जनजीवनमा सामान्य बनेको छ ।
अहिले संसारका दुई सय १२ देशमा पुगिसकेको कोरोना भाइरस एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर हाल ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ०५ बजे