५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अन्तरराष्ट्रिय विमानस्थलमा १७ उडान


८ असार २०७७, सोमबार  

0
Shares

ललितपुरको लेलेबाट देखिएका अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर ः प्रदीपराज वन्त/रासस

८ असार ०७७, काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।
आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ । जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ । हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । आज राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।
त्यसैगरी हिमालय एयरलाइन्सको जहाज आज राति १०ः०० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ । सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ११ बजे