५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना भाइरसको अनुसन्धान गर्न १ सय १५ सङ्घसंस्था इच्छुक


१४ असार २०७७, आइतबार  

0
Shares

१४ असार ०७७, काठमाडौं । नेपालमा कोरोनाका बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले १ सय १५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताउनुभयो ।

उहाँले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८७ सङ्घसंस्थालाई कोभिड– १९ को अध्ययन अनुसन्धान गर्न अनुमति दिइएको छ ।

नेपालमा पहिलो पटक गत माघ ९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म १२ हजार ७७२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै तीन हजार १३ जना कोभिड– १९ मुक्त भएका छन् भने २८ जनाको कोभिड– १९ का कारणले निधन भएको छ ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले कोभिड– १९ को जीन, स्टिमा, क्लिनिकल, किट, बिरामीको लक्षणलगायत विषयमा अध्ययनका लागि अनुमति माग गरिएको बताउनुभयो ।

उहाँले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर ती सङ्घसंस्थालाई कोभिड– १९ को अनुसन्धान गर्न दिइएको जानकारी दिनुभयो । उहाँले अध्ययन अनुसन्धानले पछि कोभिड– १९ को भ्याक्सिन बनेपछि प्रयोग गर्न सजिलो हुने बताउनुभयो । परिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ४७ बजे