८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर शंखुकोे डरलाग्दो पहिरो, गाँउ नै जोखिममा


१६ असार २०७७, मंगलबार  

0
Shares

शंखुको पहिरो । तस्विर ः ललितपुर खबर

१६ असार ०७७, शंखु ललितपुर । जव असारे झरि दर्कन थाल्छ ललितपुर शंखुका दावा भोम्जनको मनमा त्रासले डेरा जमाउछ । दक्षिण ललितपुरको शंखु गाँउको बीचमा रहेको पहिरो टुप्पोमा छ उनको घर । भुकम्पले घर भत्काएपछि अहिले नयाँ घर बनाएरे छ उनको परिवार । तर पहिरोले कहिले लाने हो टुंगो छैन ।
धेरैजसो बर्षामा दिनभर रातभर पानी पर्छ । उनी भन्छन्, ‘रातमा पानी पर्दा डर लाग्छ । झरिसँगै हुटुटु गर्दै अनौठो आवाज आउछ, पहिरो लडेको । खै कहिले मरिन्छ भन्न सकिन्न ।’
शुरुमा मुक्तिनाथ तिमल्सिनाको बारीबाट शुरु भएको थियो यो पहिरो । दिन वित्दै गयो । पहिरो बढ्दै गयो । पहिरोले तिमल्सिनाको सबै वारी लग्यो । अन्नतः उनका चार दाजुभाई चापागाँउ बसाई सरे । पहिरोले बारी लगेपछि कसैको सहयोग नपाएको चित्रप्रसाद तिमल्सिना बताउन् । उनी भन्छन्,‘यहाँ ज्यादा राजनीतिकरण भयो ।’
वरपरका ५ घरको बारी यहि पहिरोले वगाइसक्यो ।
गाँउपालिकाले २ लाख लिन र घर नबनाउन आग्रह गरेपनि दावाले मानेनन् । उनले भने, ‘२ लाख लिएर म कहाँ जाउ । परिवार कसरी पालौं ।’
दावालाई गाँउपालिकाले क्षतिपूर्ति देला कि भन्ने आशा छ । सुरक्षित गाँउमा कम्तिमा ४ आना जग्गा किनेर घर बनाए मात्रै गाँउपालिकाले त्यो २ लाख दिने शर्त ते¥स्याएपछि भोम्जनको परिवार विखलबन्दमाा परेको छ ।
दावा गाँउपालिकाले जग्गा किन्न सहयोग गरोस् भन्ने चाहन्छन् । घर बनाउन त्यो २ लाख पनि अपुग हुने उनको ठम्याई छ । ‘तर गाँउपालिकाले वास्ता नै गर्दैन ।’ उनी गुनासो गर्छन् ।
पहिरोले मुक्तिनाथ तिमल्सिनाका चार दाजुभाई,हरि घिमिरे,राम प्रसाद घिमिरे र दिपक दाहाल विस्थापित बनेका छन् । पहिरो निरन्तर बगि नै रहेको छ । कति क्षति गर्ने हो कुनै पत्तो छैन । स्थानीय रामेश्वर न्यौपानेको बारी पनि पहिरोले लैजाने तयारीमा छ ।
स्थानीय रामप्रसाद घिमिरे ७० रोपनी भन्दा धेरै बारी पहिरोले लगिसकेको बताउछन् । उनी भन्छन्, ‘पाखे र रुख कति लग्यो । त्यसको कुनै हिसाव छैन ।’ पहिरोले घरबास उठाउदा समेत कही कतैबाट राहत नपाएको रामप्रसाद घिमिरेको गुनासो छ । पहिरो रोक्न पनि कसैले पहल नगरेको उनको बुझाई छ । ग्याविन भरेर पहिरो रोक्न २ सय तार जालीको क्रेट गाँउ ल्याएको भए पनि कहाँ पुग्यो कुनै अत्तोपत्तो छैन ।
पहिरोले शंखु भलडाँडा सडक पनि जोखिममा परेको छ । बाटो पहिरोले सोचे,मेथुम र भलडाँडाका स्थानीयलाई आउन जान बाटो बन्द हुन्छ ।
कोञ्ज्योसोम गाँउपालिका ३ का वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले पहिरो रोक्न क्रेटजाली र रुख रोप्ने निर्णय गरेर वजेटका लागि भुसंरक्षण विभागमा पत्र पठाएको बताए । उनले भने,मैले निरन्तर गाँउपालिकामा कुरा उठाएर स्थानीय पहिरोहरु रोक्न माग गरेको थिए । अव सम्बोधन हुदैछ ।
कोज्योसोम गाँउपालिकाको २ नम्बर वडामा अवस्थित शंखु वाहुन क्षेत्रीको बाहुल्य रहेको बस्ती हो । यस ठाँउलाई मकै, फापर र तोरीको उन्नत अन्नभण्डारको रुपमा लिइन्छ । पशुपालनका हिसावले पनि शंखु अगाडि छ । यहाँका किसानले दैनिक ५०÷६० लिटरसम्म दुध बेच्छन् । पहिरो कसरी गई रहेको छ कुनै पत्तो छैन ।
निरन्तर पहिरोले गाँउनै लैजाने त्रास बढेपछि स्थानीयले डोजर ल्याएर गतसाल बर्षेभेल काटेका थिए । भल बाटैबाटो पठाएपछि पछिल्लो समय पहिरो बग्न लगभग रोकिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १ : ०६ बजे