८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


प्याङ्गगाँउको पहिचान बनेको प्याङ्गपाथी हराउदै


१७ असार २०७७, बुधबार  

0
Shares

मान बहादुर महर्जन आफूले बनाएको प्याङ्गपाथी देखाउदै । तस्विर ः ललितपुर खबर

१७ असार ०७७, चापागाँउ प्याङ्गगाँउ । प्याङ्गगाँउको पहिचान बनाएको प्याङ्गपाथी खोज्न पुगेका आगन्तुक आजकल प्याङ्गपाथी नबोकी रित्तै हात फर्कन्छन् । शहरमा बाँस सहजै पाउन छोडेपछि प्याङ्गगाँउलेहरुले अन्न भर्ने मानापाथी बनाउनै छोडेका हुन् ।
प्याङ्गपाथी बनाउन विशेष किसिमको बाँस आवश्यक पर्ने हुँदा बाँसको अभावमा प्याङ्गपाथी लोप हुने अवस्थामा पुगेको हो । स्थानीय नकुल महर्जनका अनुसार तामा बाँस आवश्यक पर्ने हुँदा कलिलो बाँस दिन नमान्ने हुँदा धेरै प्याङ्ग बनाउन नसकिएको हो । प्याङ्ग बनाउन माघ फागुनतिर कलिलो बाँस आवश्यक पर्छ ।
आधुनिक सरसामान न्युन ज्याला र परम्परागत पेशामा प्याङ्गगाँउले युवाहरुको आकषण नहुँदा यो पेशा नै संकटमा परेको महर्जन बताउछन् ।
प्याङ्ग पाथी एक हजारदेखि एकहजार पाँच सय रुपैयासम्म तिरेर ग्राहकले लैजाने महर्जन बताउछन् । मानाको भने एक सय पचाससम्म विक्रि हुने उनी बताउछन् ।

पूर्ण बहादुर महर्जन प्याङ्गपाथी बनाउने क्रममा । तस्विर ः ललितपुर खबर

प्याङ्गपाथी पाटन काठमाडौं र भक्तपुरका नेवार समुदायले किन्ने गरेका छन् । आधुनिक सरसामान भन्न प्याङ्ग पाथी महँगो हुने भए पनि परम्परागत पर्वमा प्याङ्गको आवश्यक हुने हुँदा प्रयोग हुने गरेको छ । केही बर्षअघिसम्म विभिन्न देशका पर्यटक प्याङ्गगाँउ आएर प्याङ्ग किन्ने गरेका थिए । तर भुकम्प आएपछि प्याङ्गगाँउको परम्परागत संरचना हटेपछि ज्यादै कम पर्यटन यहाँ आउने गरेको स्थानीयहरु ब्ताउछन् ।
पछिल्ला समयमा प्याङ्ग रेष्टुरेण्टहरुमा भाँडा कुँडाको रुपमा पनि प्रयोग गर्न थालिएको छ । प्याङ्ग सझावटको काममा पनि प्रयोग हुन थालेको छ ।
आठ बर्षदेखि प्याङ्गपाथी बनाउन थालेका नकुललेले तालिम पनि लिएका छन् । स्थानीय मानबहादुर महर्जनले उनलाई तालिम दिएका हुन् । प्याङ्गगाँउलेले बनाएको प्याङ्गपाथी बर्षौसम्म टिक्छ ।
बाँस पाएदेखि सिलाएर राख्ने हो भने प्याङ्ग किन्न धेरै मान्छे आउने महर्जन बताउछन् ।
स्थानीय नकुल महर्जन आफूलाई साथीले आफ्नी आमालाई थाहा नहुनेगरी बाँस दिएको कारण गएको साल प्याङ्ग बनाएको स्मरण सुनाए । तामा बाँस कसैले पनि दिन मान्दैन । त्यसैले हामीलाई प्याङ्गपाथी बनाउन समस्या छ ।
हराउन थाल्यो प्याङ्ग
नयाँ पुस्तामा आर्कषण नहुँदा प्याङ्ग हराउन थालेको स्थानीय बताउछन् । पुराना पुस्ताका बृद्धहरुको निधन हुने क्रम बढेको र नयाँ पुस्ताले प्याङ्ग बनाउन जाँगर नलगाएको कारण पनि प्याङ्ग हराउन थालेको हो ।
नकुल महर्जनका अनुसार सिङ्गो गाँउमै ४ जना मात्रै प्याङ्ग बनाउन जान्ने कालिगढ छन् ।
यसरी बनाइन्छ प्याङ्गपाथी
प्याङ्गपाथी बनाउन नछिप्पीएको बास आवश्यक पर्छ । माघ फागुनताका बाँस काटेर प्याङ्ग बनाउने हो भने प्याङ्ग किराले नखाने नकुल महर्जन बताउछन् ।
बाँस काटेपछि बाहिरको चोया निकालिन्छ । भित्रको गुदी घाममा सुकाइन्छ । त्यसलाई आगोमा सेकाइन्छ । रोटी बेले झैं बेल्नुपर्छ । ५ ६ लिन घाममा सुकाइन्छ । पानीमा २ घण्टा भिजाएपछि प्याङ्ग बनाउन योग्य हुन्छ । बाँसकै चोयाले सिलाएर पाथी बनाउने गरिन्छ ।
प्याङ्गगाउलेको माथा पाथी नाप्ने पनि आफ्नै खाले परम्परागत विधि छ । उनीहरु
माना पाथी बनाउदा औलाले नापेर अन्दाजमा बनाउने गर्दछन् । जे जस्तो भएपनि प्याङ्ग पाथीले अन्न भर्दा सही गणना हुने जनविश्वास छ ।
मान बहादुर महर्जनले ६ वटा बाँस पाएपछि यो बर्ष धेरै वटा प्याङ्ग बनाउको बताउछन् । उनी भन्छन्, ‘अहिले सबै बाँस सकियो । अव यो बर्ष प्याङ्ग बनाउन सकिदैन ।’
मान बहादुर जवान हुँदा चारकोषे झाडी पुगेर बाँस ल्याउने गरेका थिए । उनी भन्छन् , ‘अहिले बाँस त छ तर कालिलो बाँस कसैले दिदैन ।’
पूर्णवहादुर महर्जन आफू बुढो भएका कारण प्याङ्गपाथी बन्न नसकेको बताउछन् । उनी भन्छन्,‘अरुले जान्दैनन । म सक्दिन । अव प्याङ्गपाथी हराउने भयो ।’

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : १२ बजे