५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज ४ सय ८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो


१७ असार २०७७, बुधबार  

0
Shares


१७ असार ०७७, काठमाडौ । नेपालमा थप ४ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६५ पुरुष र १ सय १७ महिला गरी कुल ४ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७ सय ७४ महिला र १२ हजार २ सय ७२ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६ सय ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका बालबालिका भारतबाट आफ्ना आमा र बुबासँग आएको उहाँले बताउनुभयो । यस्तै सङ्क्रमण देखिएका सुदुरपश्चिम प्रदेशमा १ सय ७५ बालबालिका ९ वर्ष मुनिका छन् । उहाँले बालबालिकालाई सङ्क्रमण देखिएकाले बाहिर नजान आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ३७ बजे