८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा बन्यो सुन्दर ‘बुलु पार्क’


२१ असार २०७७, आइतबार  

0
Shares


लपु संवाददाता
१५ असार ०७७, चापागाँउ । गोदावरी नगरपालिका ११ स्थित चापागाँउ बुलुमा एउटा सुन्दर पार्क निर्माण गरिएको छ ।
प्रदेश सासंद चेतनाथ सञ्जेलको सासंद कोषको १५ लाख लगानीमा सुरु भएको पार्क निर्माणमा वागमती प्रदेश सरकारले अन्य शिर्षकको ३० लाख बजेट पथ गरि यो पार्क निर्माण भइरहेको पार्क निर्माण समितीका अध्यक्ष भाग्यराम महर्जनल बताए । मध्य तथा दक्षिण ललितपुरमा घुम्ने खुला स्थलको अभाव भइरहेको अवस्थामा व्यवस्थित पार्कले बुलु गाँउको आकर्षण थपिएको छ ।
पार्कमा चारैतिर दुवो रोपिनेछ । मौसम अनुसारको फूल रोपिनेछ । ठाँउ ठाँउमा व्यवस्थित बाटो, बस्ने मेच समेत रहनेछ ।
पार्कको काम चालिस प्रतिशत सकिएको छ । पार्क निर्माण उपभोक्ता समितीका अध्यक्ष रविन्द्र महर्जनले पार्कको बीचमा अष्टमंगल आकृतीमा सुन्दर चौतारा निर्माण गरिएको महर्जनले बताए । उनले भने, ‘हामीले चापागाँउलाई चिनाउने दुर्लभ सेतो चाँप रोपेका छौं ।’ चापाँगाउमा चापको रुख रोप्नुको विशेष अर्थ रहेको महर्जनकोे दावी छ ।
पार्कमा प्राकृतिक स्वरुपमा निमार्ण हुनेछ ।
शहरको भीडभाड र कोलाहलपूर्ण वातावरणबाट दिक्क वालवालिका र बृद्धबृद्धाहरुका लागि आराम गर्न लागि निर्माण गरिएको महर्जनले बताए ।
पार्कमा स्विमिङ्ग पुल, योगा स्थल,मनिङ्ग वाक, खाजा घर र रेष्टरुप समेत रहनेछ । यहाँ ढुंगेधारा, हिटी पोखरी,फुलवारी र विभिन्न प्रजातीका रुख समेत रोपिनेछ । पार्क स्पुपा आकृतीको बन्नेछ । पार्कमा कुनै एक देवि देवताको मूर्ति समेत राख्ने विषयमा छलफल भइरहेको उनले बताए ।
दैनिक १ हजार जना आगन्तुकले पार्क भ्रमण गर्ने अपेक्षा गरिएको महर्जन बताउछन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ५६ बजे