५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार २३,मंगलबार)


२३ असार २०७७, मंगलबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार २३ गते मंगलबार तदनुसार जुलाई महिनाको ०७ तारिक २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, उत्तरायण, ग्रीष्म, सोमवार, श्रावण कृष्णपक्ष, तिथि द्वितीया, ०९ः०५ बजे उप्रान्त तृतीया नक्षत्र श्रवण, २४ः४६ बजे उप्रान्त धनिष्ठा योग विष्कम्भ, २२ः०४ बजे, उप्रान्त प्रीति, करण, गर,०९ः०५ बजेदेखि वणिज, २१ः०९ बजे उप्रान्त वालव चन्द्रराशि मकर आनन्दादि योग लुम्ब दिनमान ३४।२४ सूर्योदय ०५ः१५ सूर्यास्त १९ः०१ । भक्तपुरमा वीरनदी स्नान । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
वृष– मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ .
मिथुन– बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला ।
कर्कट– बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ ।
सिंह– महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।
कन्या– दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ ।
तुला– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।
वृश्चिक– स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ .
धनु– टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मकर– सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कुम्भ– पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
मीन– परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।