११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलि भन्छन्,‘अयोध्या विरगञ्ज नजिकै’


३० असार २०७७, मंगलबार  

0
Shares


२९ असाार ०७७, काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले अधोध्या भारतमा नभई नेपालकै विरगञ्ज शहरनजिकै रहेको जिकिर गरेका छन् ।
‘अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली जस्ता लाग्छन् ।’
उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान्विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिन्छ भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्डको भूगोल र संस्कृति व्यापक भएको बताए । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताएका थिए ।
उनले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए । प्रधानमन्त्रीले अर्काे प्रसङ्गमा अनुकूल प्राकृतिक वातावरणका कारण दोहोरी नेपालमा मात्र सम्भव भएको बताएका थिए ।
“हिमवत्खण्डमा सूक्ष्म जीव र गँड्यौलादेखि हात्ती र एकसिंगे गैंडाजस्ता भीमकाय जीव पनि छन्, जमीनमा खोस्रेर निकाल्नुपर्ने यार्सागुम्बादेखि अग्लाअग्ला देवदारु वृक्षसम्म छन्, चट्टानैचट्टानबाट झर्नाहरू निस्केका छन् र तिनमा छन्द छ, लय छ । यहाँ रोदी हुन्छ, र दोहोरी नेपालजस्तो प्राकृतिक सौन्दर्यले घनीभूत भूमिमा मात्र सम्भव हुन्छ । हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ र त्यो लय नै हाम्रो काव्यलाई जीवित गराउने महत्वपूर्ण तत्व बनेको छ । त्यो गद्यजस्तो बिर्सिइँदैन, युगौंँयुगसंँग कण्ठमा रहन्छ”, प्रधानमन्त्रीले आफूले बाल्यकालमा पढेका एक दुई कविता कण्ठाग्र सुनाउँदै छन्द र लयको महत्वमाथि जोड दिँदै भने, “त्यसैले भानुभक्तीय रामायण सम्भवतः सबैभन्दा बढी पढिएको काव्य हुनुपर्छ ।”
संस्थाहरू अनन्त ज्वाला जस्तो ननिभ्ने वा स्वचालित घडी झैंँ चलायमान भइरहनुपर्नेमा दाउरा ठोसे मात्र हुरुक्क बल्ने नत्र धिपधिप गर्ने आगोझैंँ भएको अनुभव सुनाउँदै ओलीले भन्नुभयो, “कुनै कुनै घडी चलाउन शरीर हल्लाउनुपर्ने हुन्छ ।”
अर्काे प्रसङ्गमा उननले सत्य ब्रह्मझैं बलवान् हुने कुरा बताए । संसद्मा आफूले केहीअघि मात्र बोलेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले भने, सत्यमेव जयते हाम्रै पुर्खाको ध्वनि हो । यो हाम्रै हो । सत्यका पछाडि लाग्न छाड्न मिल्दैन ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई वर्षअघि चन्द्रागिरिमा सम्पन्न ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन– २०७५’ को स्मारिकाको विमोचनसमेत गरेका थिए ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयले साहित्य र कलाको महत्वलाई राम्ररी बुझ्ने प्रधानमन्त्रीको नेतृत्व पाएको बताए । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले आप्रवासी नेपालीको साहित्यिक संस्थाका प्रतिनिधिसँग प्रतिष्ठानले सहकार्य गर्न चाहेको उल्लेख गर्दै भानुभक्तको घर चुँदी रम्घा, ससुराली मानुङ र मावली भोर्लेटार समेटेर काठमाडौंँको बालाजु र भारतको बनारससम्म भानु परिपथ बनाउने योजनाको प्रस्ताव अघि सार्दै यसमा सरकारको सहयोग तथा समर्थनका लागि अनुरोध गरे।
आयोजक संस्थाका अध्यक्ष तथा संघीय सांसद डा विजय सुब्बाले राष्ट्रियताका पक्षमा र यस समयको सत्य बोलेवापत चारैतिरबाट प्रधानमन्त्री ओलीलाई नियोजित प्रहार भइरहेका बेलामा कलाकार एवं साहित्यकारले सत्यका पक्षमा आवाज उठाउन नसकेको स्वीकार गरेका थिए । डा सुब्बाले नेपालमा हिमवत्खण्डको साङ्गीतिक महासम्मिलन गर्ने प्रस्ताव राख्दा सभाले समर्थनमा तालीले समर्थन गरेको थियो ।
समारोहमा गायिका लोचन भट्टराई, सांसद तथा गायिका कोमल वली र कवि डा रत्नावली शर्माले रामायणका सुन्दरकाण्ड र अरण्यकाण्डका केही अंश वाचन गरा थिए । प्रतिष्ठानका महासचिव तथा प्राज्ञ डा देवी नेपालले भानुभक्त विश्वभरका नेपाली जातिका प्रतीक बनेको बताउनुभयो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ०५ बजे