१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विरोधस्वरुप सुनाकोठी सडकमा रोपाई


३० असार २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
३० असार ०७७, ललितपुर । ललितपुरको सुनाकोठी सडकमा रोपाई गरिएको छ । लामो समयसम्म सडक कालोपत्रे नगरि अलपत्र पारेपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।
स्थानीयबासीहरु धिमे बाजासहित सडकमा हुल बााधेर निस्केका थिए । स्थानीयबासीहरु पानी जमेको ठाँउमा कोदाली लगाएर बाउसे गरेको थिए भने महिलाहरुले धान रोपेका थिए । केही स्थानीयबासीहरुले हातमा राष्ट्रिय झण्डा समेत बोकेका थिए ।
स्थानीयबासीले विरोधमा सडकमा आगाो बाल्नुका साथै रोपाई समेत गरे । स्थानीयबासीले इटा,ढुंगा,ढल राखेर सडक अवरुद्ध बनाउनुका साथै वडा कार्यालय पनि घेराउ गरेका छन् ।
२०७२ सालमा यस सडक विस्तारका लागि प्रशासनले ठेक्का लगाएको थियो । सडक विस्तारका लागि घर भत्काएर जमिन उपलव्ध नगराएको भन्दै ठेकेदार कम्पनीले सडकको कुनै कामै नगरि ३ वर्षको कार्यावधि पुरा गरेको थियो ।


२०७६ सालमा चापागाँउका स्थानीयबासीको पटक पटकको आन्दोन पछि यथास्थितीमै सडक कालोपत्रे गर्ने मन्त्रीपरिषद्को निर्णयपछि चापागाँउ टाहाखेल ठेचोसम्म कालोपत्रे गरिएको थियो । सव कन्ट्याक्टर लालीगुराास कन्ट्रक्सनले सडक गतकार्तिकमा सडक कालोपत्रे गरेको थियो । यद्यपी यहाँको सडक अहिले भत्किसकेको छ ।
तर ठेचो सुनाकोठी खण्ड भने सडक बनाउने भन्दै ठेकेदार कम्पनी सैलुङ्ग कन्ट्रक्सनले सडक भत्काएर अपपत्र पारेको थियो । भएको पिच पनि भत्काएर छोड्दा सडकमा पानी जमेर ठुला खडल बनेको छ ।
मनसुन शुरु भएपछि यो बाटो हेलाम्मे हुँदा हिड्न मुस्किल पर्ने गरेको थियो ।
महानगरका २६का वडाध्यक्ष बाबु राजा महर्जनल लक डाउन र पछिल्लो समय झरी परेकोले सडक कालो पत्रे हुननसकेको प्रतिक्रिया दिए । उनले भने, हामीले लकडाउनपछि ठेकेदारलाई बोलाएर काम गर्न लगाएका पनि हौं । अब झरि रोकिएपछि कालोपत्रे हुन्छ ।
एक सुनाकोठीबासीले २÷२ जना सासंद भएको ठाँउमा राजनीति बढी भएर सडक नबनेको प्रतिकृया दिए । उनले भनिन्,‘हामीले सडक विग्रेको बनाउनु प¥यो भने पनि हाम्रो कुरा कसैले सुनेन ।’
लामो समदेदेखी कालोपत्रे हुन जीर्ण अवस्थामा रहेको जनताले लामो समयसम्म सडक क्षतविक्षत भएर दुख पाईराख्दा पनि सम्बन्धित निकायले कालोपत्रे गरी समस्या समाधान गर्नका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय वासिन्दाले बाँस, ह्युमपाइप, ढुंगा तथा सवारी साधन तेर्स्याएर विरोध गराएका हुन् ।
आन्दोलित स्थानीयबासीहरुले सडक बन्द गर्दा गाडी धापाखेलको बाटो हुँदै सातदोवाटो आवतजावत गरिरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : २२ बजे