लपु संवाददाता
१ साउन ०७७, ललितपुर । महालक्ष्मी नगरमा कन्ट्याक ट्रेसिङ्गमार्फत गरिएको २ सय १३ जनाको पिसिआर कोरोना परिक्षणको नतिजा आएपछि महालक्ष्मीको ७,८ र ९ वडा खुला हुने भएको छ ।
शुक्रबार विहान ५ बजेबाट पहिलेकै अवस्थामा बजार पसललगायत खुला गर्ने निर्णय महालक्ष्मी नगरपालिकाले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
स्थानीय लुभुकी एक स्वास्थ्यकर्मीलगायत एकै घरका १० जनामा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाले असार २४ गतेदेखि यी वडाहरु सिल गरेको थियो ।
१ श्रावण २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया